चलचित्र ‘ग्रीन बर्ड’ बन्ने, मुख्य भूमिकामा सुरक्षा पन्त



काठमाडौं जिल्ला प्रशासनले छायांकनको अनुमति दिएसँगै चलचित्र ‘ग्रीन बर्ड’ आउँदो हप्ताबाट छायांकनमा निस्कने भएको छ । चितवन र नवलपुरमा खिचिने चलचित्रमा अभिनेत्री सुरक्षा पन्तले मुख्य भूमिकामा अभिनय गर्दैछिन् । कमलमणी नेपाल र अफरान अलीको पनि अभिनय रहने चलचित्रलाई प्रमोद कँडेलले निर्देशन गर्नेछन् । यसैबाट उनले फिचर चलचित्रमा डेब्यू गर्न लागेका हुन् ।

योङ स्टार सिनेमाको ब्यानरमा निर्माण हुन लागेको चलचित्रले परिवार र समाजको मूल्य मान्यताविरुद्ध गएर आफ्नो जीवन जिउन चाहने एक युवतीको संघर्षको कथा भन्नेछ । चलचित्रको स्टोरी र स्क्रिनप्ले निर्देशक कँडेल आफैंले तयार पारेका हुन् । कात्तिक स्मित कर्नाटकको छायांकन रहने चलचित्रलाई अन्जय खड्काले सम्पादन गर्नेछन् । यही भदौ २५ गतेबाट चलचित्रको छायांकन सुरु हुनेछ ।

मेथड एक्टिङलाई चित्रण गर्नका लागि अहिले सबै कलाकारलाई सुटिङ हुने चितवनको एक घरमा राखेर कार्यशाला भइरहेको छ । चलचित्रमा मेथड एक्टिङको प्रक्रियालाई आत्मसात गरिने निर्देशक कँडेलले बताए । सुरक्षाले चलचित्र ‘आमा’ रिलिजपछि लामो समय नयाँ चलचित्र साइन गरेकी थिइन् । ‘ग्रीन बर्ड’ को कथावस्तु र आफ्नो चरित्र मन परेपछि उनी काम गर्न तयार भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu