यस्तो छ सौगात र अनुपको ‘जार’ फर्स्टलुक



अभिनेता द्वय सौगात मल्ल र अनुपबिक्रम शाही स्टारर चलचित्र ‘जार’ को फर्स्टलुक पोस्टर रिलिज गरिएको छ । यथार्थपरक कथामा आधारित रहेर निर्माण गरिएको भनिएको यो चलचित्रको सार्वजनिक पोस्टरमा लिड अभिनेत्री गीताञ्जली थापालाई केन्द्रमा राखिएको छ भने सौगात र अनुपलाई क्यारेक्टर लुक्समा देखाइएको छ । चलचित्रको केन्द्रिय द्वन्द्व नै महिला पात्र हो ।

सम्पूर्ण छायांकन सिक्किममा गरिएको यो चलचित्रले सन् १८ सयको दशक अन्त्यतिर सिक्किमेली समाजमा घटेको एक यथार्थ घटनालाई बोल्नेछ । उल्लेखित तीन पात्रको वरिपरी नै चलचित्रको कथा घुम्नेछ । गीताञ्जली भारतमा राष्ट्रिय अवार्ड विजेता अभिनेत्री हुन् । फुर्वा छिरिङ लामाको निर्देशन रहेको यो चलचित्रको छायांकन गत अप्रिलमा सम्पन्न भएको थियो ।

फेर्री टेल पिक्चर्सले होप रिल एण्ड एलए सर्ट्ससँगको सहकार्यमा निर्माण गरेको ‘जार’ को कथा इन्द्र बहादुर राईले लेखेका हुन् । चलचित्रमा झुमा लिम्बु र गंगा थापाको संगीत छ भने सम्पादन अखिलेश राईको छ । चलचित्रको छायांकनदेखि सम्पादनसम्मको सम्पूर्ण प्राविधिक काममा भारतिय टिम संलग्न छ । केही समयपछि टिजर रिलिज गरेर चलचित्रको प्रदर्शन मिति सार्वजनिक गर्ने निर्माण टिमले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu