सुदर्शन थापाले गरे सुप्रियासँग इन्गेजमेन्ट



नेपाली चलचित्रका सफल निर्देशक सुदर्शन थापाले सञ्चारकर्मी तथा अभिनेत्री सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरेका छन् । सोमवार काठमाडौंको एक होटलमा उनीहरुको टिकाटालो भएको हो । इन्गेजमेन्ट समारोहमा हुनेवाला दुलहा र दुलही पक्षका सीमित परिवारको मात्र उपस्थिति रहेको जानकारी प्राप्त छ । सुदर्शनले आफ्नो जन्मदिनको अवसरमा सुप्रियासँग इन्गेजमेन्ट गरेका हुन् ।

उनीहरु आउँदो असोज २२ गते हिन्दू परम्पराअनुसार विवाह गर्ने तयारीमा छन् । अभिनेता राज कटुवालको माध्यमबाट सुदर्शन र सुप्रियाको चिनजान भएको हो । सुप्रिया केही समयदेखि एपि वान टेलिभिजनमा समाचार वाचिकाको रुपमा कार्यरत छिन् । उनले केही म्यूजिक भिडियोसँगै चलचित्र ‘साढे सात’ मा पनि अभिनय गरेकी छन् । सुदर्शन र सुप्रिया विगत एक वर्ष प्रेम सम्बन्धमा थिए ।

सुदर्शन र सुप्रिया केही समयदेखि डेटमा रमाइरहे पनि उनीहरुले सम्बन्धलाई गोप्य राखेका थिए । उनीहरुको इन्गेजमेन्टमा अभिनेता राज कटुवाल र नायिका वर्षा सिवाकोटी पनि उपस्थित थिए । सुदर्शनको मिल्ने साथी पूजा शर्मा भने एक म्यूजिक भिडियोको छायांकनका लागि आजै राजधानी बााहिर जानु पर्ने भएकाले इन्गेजमेन्ट समारोहमा उपस्थित हुन सकिनन् ।

सुदर्शन र सुप्रियाले इन्गेजमेन्ट समारोहका तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गर्दै एउटै क्याप्सन लेखेका छन्, ‘जिन्दगीको नयाँ सुरुवात । यहाँहरुको माया र सद्भाव सधैंझैँ रहिरहोस् ।’ तस्बिरमा दुवै अत्यन्त खुसी मुद्रामा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu