‘नेपाल-युरोपियन फिल्म फेस्टिभल’ मा ‘बुलबुल, आमा खान्डा र सरीता’ प्रदर्शन हुने



नेपालका लागि युरोपियन युनियनको डेलिगेसनले ‘नेपाल-युरोपियन फिल्म फेस्टिभल-२०२१’ (नियुफ) भर्चुअलमार्फत गर्ने जानकारी गराएको छ । असोज १ देखि ९ सम्म हुने महोत्सवको दशौँ संस्करणमा विभिन्न पुरस्कार जित्न सफल १४ युरोपियन मुलुकका १५ चलचित्रका साथै अन्य २४ चलचित्रहरू प्रदर्शन गरिने आइतवार भर्चुअल माध्यमबाट भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

नेपालका लागि युरोपियन युनियनको डेलिगेसनका कार्यवाहक राजदूत स्टेफेन माइकनले भने, ‘महामारीले गर्दा लामो समयदेखि सांस्कृतिक गतिविधिहरू ठप्प छ । यस्तो स्थितिमा पनि हामी नेपाल र युरोपियन युनियनबीचको सांस्कृतिक आदान-प्रदान तथा फ्यूजनको प्रवर्द्धनका लागि केही उत्कृष्ट नेपाली तथा युरोपेली चलचित्रहरू अनलाइन (भर्चुअल) को माध्यमबाट प्रदर्शन गर्दैछौं ।’

महोत्सवमा विभिन्न पुरस्कार जित्न सफल ११ युरोपेली चलचित्रहरू समावेश गरिएका छन् । यीमध्ये दुईओटा चलचित्र नेपाली भाषामा सबटाइटल गरिएको छ । यस्तै, यो फेस्टिभलमा पहिलो पटक नेपाली चलचित्र प्रदर्शन हुने भएको छ । यसका लागि महोत्सवमा विनोद पौडेल निर्देशित ‘बुलबुल’, धोन्डुप छिरीङ निर्देशित ‘आमा खान्डा’ तथा सर्जियो बास्सो निर्देशित ‘सरीता’ छनौट भएका छन् ।

योसँगै महोत्सवमा २३ ओटा वन्यजन्तु संरक्षण, वातावरण तथा जलवायु परिवर्तनसँग सम्बन्धित चलचित्रहरु पनि समावेश छन् । महोत्सवमा चलचित्र प्रदर्शनका अलावा चलचित्र निर्माणका विविध पक्षहरूको बारेमा पनि तीनवटा कार्यक्रमहरूको आयोजना गरिने छ । महोत्सवमा भएका चलचित्र हेर्नका लागि www.festivalscope.com/page/neuff/ साइटमा जान सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu