‘गोर्खा वारियर २’ को बाँकी सुटिङ सुरु गर्दै चाम्स



संसारमा पहिलो पार्टभन्दा अगाडि दोस्रो पार्ट निर्माण भएका छैनन् । त्यो सम्भव होइन । तर, नेपालमा निर्देशक चाम्सले पहिलो पार्ट निर्माण नहुँदै दोस्रो पार्टको निर्माण गर्दैछन्, ‘गोर्खा वारियर २’ । निषेधाज्ञाभन्दा अगाडि उनले यो चलचित्रको ३० प्रतिशत छायांकन सकाएका थिए । तर, कोरोनाको दोस्रो लहर सुरु भएर निषेधाज्ञा जारी भएपछि चलचित्रको छायांकन रोकियो ।

अब आउँदो कात्तिक २ गतेबाट चलचित्रको बाँकी सुटिङ सुरु गर्ने तयारीमा चाम्स छन् । हालै उनी चलचित्रका लागि चाहिने प्राविधिक सामाग्री लिन बेलायत पुगेका थिए । यसै साता नेपाल आएका उनले भने, ‘चलचित्रमा ७०/८० वर्ष अगाडि गोर्खाली सेनाले प्रयोग गर्ने कस्टुम, हातहतियार लगातका सामाग्री चाहिने भएकाले त्यो लिन बेलायत गएको थिएँ । केही दिनमा त्यो सबै नेपाल आउँँदैछ ।’

उनले मुम्बईबाट एक चरण चलचित्रको प्राविधिक सामाग्री आइसकेको र अर्को चरण पनि आउन बाँकी रहेको बताए । चलचित्रमा युद्धको सिन फिल्मांकन गर्नका लागि चाहिने हातहतियारदेखि ‘प्रप’ सम्म सबै भारत र यूकेबाट नेपाल आउने उनको भनाई छ । नेपालपछि मलेशिया र बेलायतमा चलचित्रको छायांकन हुनेछ । बेलायतमा भने चलचित्रका छायांकन स्टूडियोभित्र हुने चाम्सले बताए ।

चलचित्रमा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, भुवनसिंह राई, शिशिर वाङ्देल, बुद्धी तामाङ, कविता आले, विरुप घले लगायतको अभिनय रहनेछ । सुदिप बरालले खिच्ने चलचित्रलाई यस वर्षभित्र सम्पूर्ण छायांकन सकेर २०२२ मा प्रदर्शन गर्ने चाम्सको तयारी छ । अनुमानित ३ करोडको बजेटमा निर्माण हुन लागेको चलचित्रले गोर्खाली सेनाको वीरता र योगदानको कथा भन्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu