यशराजको कोरियोग्राफीमा ‘ब्राइट इभेन्ट फेसन शो’



अभिनेता तथा मोडल यशराज गराचको कोरियोग्राफीमा ‘ब्राइट इभेन्ट फेसन शो’ आयोजना गरिएको छ । ब्राइट इभेन्ट म्यानेज्मेन्टका राजन बुढाथोकी तथा अनुशा रिजालद्वारा आयोजित यस फेसन शो पेप्सीकोलास्थित इन्टरनेशनल डान्स एकेडेमीको परिसरमा सम्पन्न भएको हो ।

फेसन शोमा जनकपुर, सिराहा, रौतहट, विरगञ्ज, विराटनगर, दोलखा, भक्तपुर तथा काठमाडौंका मोडलहरुले विभिन्न सिक्वेन्सहरुमा आकर्षक क्याटवाक गर्दै विभिन्न पहिरनहरु प्रदर्शन गरेका थिए । फेसन शोको पहिलो सिक्वेन्समा मोडलहरु दर्शकदीर्घाबाटै उठेर दौडँदै र्‍याम्पमा उक्लिएका थिए ।

फेसन शोमा सिराहा, विरगञ्ज तथा जनकपुरका मोडलहरुको प्रस्तुतिलाई दर्शकहरुले हुटिङ गर्दै उत्साह बढाएका थिए । फेसन शोका तीन वटै सिक्वेन्सले दर्शकहरुलाई नयाँ–नयाँ पहिरनको बारेमा जानकारी दिनुका साथै मोडलहरुको आकर्षक भाउभाउले मनोरञ्जन समेत गराएको थियो ।

फेसन शोमा केही अतिथि मोडलहरुद्वारा गरिएको सिक्वेन्स पनि प्रभावकारी बनेको थियो । फेसन शोकै क्रममा केही अघि सम्पन्न मिस ग्लोरियस नेपाल २०२१ का प्रतिस्पर्धीहरु तथा विजेताको विशेष सिक्वेन्स पनि आकर्षक रह्यो ।

अपेक्षा शेरचन, एञ्जेल राईसहित अन्य केही अन्तर्राष्ट्रिय उपाधि विजेता बालबालिकाको प्रस्तुतिले पनि दर्शकको मन जितेको थियो । फेसन शोमा अर्मन सहनी, गौतम ठाकुर, वर्षा श्रेष्ठ, निर्भिक सिंह, राहुल जैसवाल, कुसुम रसाइली, इच्छा अधिकारी अतिथि मोडलको रुपमा सहभागि भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu