ऋचा शर्माले दिइन् छोरालाई जन्म



अभिनेत्री ऋचा शर्मा छोराकी आमा बनेकी छन् । बुधवार बिहान थापाथलीस्ठित नर्भिक अस्पतालमा उनले छोरालाई जन्म दिएकी हुन् । ऋचा निर्णायक रहेको ‘कमेडी च्याम्पियन’ ले फेसबुक पेजमार्फत उनी आमा बनेको जानकारी गराएको हो । आमा र सन्तान दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ । ऋचाका श्रीमान दिपेक्ष राणाले छोरालाई बोकेको एक तस्बिर बाहिरिएको छ ।

ऋचाले २०७६ मंसिर २१ गते दिपेक्ष राणासँग विवाह गरेकी थिइन् । विवाहअघि उनीहरु करीब दुई वर्ष प्रेममा थिए । यस वर्षको न्यू इयरमा ऋचाले सामाजिक सञ्जालमा श्रीमानसँग सजीवनको विरुवालाई पानी हालिरहेको एक तस्बिर पोस्ट गर्दै आफू आमा बन्न लागेको जानकारी दिएकी थिइन् । डेलिभरी हुने समय नजिकिएपछि उनले गत हप्ता ‘कमेडी च्याम्पियन’ बाट विदा लिएकी थिइन् ।

जुनसुकै चरित्रमा डुबेर अभिनय गर्न सिपालु मानिने ऋचाले चलचित्र ‘फस्ट लभ’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । उनको करिअरकै उत्कृष्ट चलचित्रको रुपमा ‘टलकजंग भर्सेस टुल्के’ लाई लिने गरिन्छ । यो चलचित्रबाट उनले उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय अवार्ड जित्न सफल भएकी थिइन् । उनी अभिनीत दुई चलचित्र ‘हिजो आजका कुरा र कौसीद’ कोरोनाले गर्दा रिलिज हुन पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu