लक्ष्मणको ‘गहना’ मा नरेन र साया



संचारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको निर्देशन बनेको लघु चलचित्र ‘गहना’ यूट्युबमा सार्वजनिक भएको छ । करिब ३२ मिनेट लामो ‘गहना’ मा पति-पत्नीको घरायसी समस्यालाई मुख्य बिषय बनाइएको छ । चलचित्रमा बेरोजगारी, आर्थिक अभाव र सामाजिक देखासिखीको पाटोलाई सशक्त रुपमा प्रस्तुत गरिएको छ ।

गहना नहुँदा माइत जान नसकेकी पत्नीका लागि पतिले कतिसम्म जोखिम मोल्न तयार हुन्छ भन्ने कुरा यो चलचित्रमा देखाइएको छ । गहनाले झपक्कै भएर माइत जानपर्ने, जोरीपारीलाई देखाउनै पर्ने नेपाली समाजमा बिद्यमान सोचले गर्दा कतिसम्म समस्या आउछ भन्ने कुरालाई स्पष्ट रुपमा चलचित्रले प्रस्तुत गरेको छ । पहिलो भागमा प्रचार मात्रामा सस्पेन्स छोडिएको चलचित्र तेस्रो भागसम्म निर्माण हुने जानकारी निर्देशक सुवेदीले दिएका छन् ।

अभिनेता नरेन खड्का, साया भण्डारी र पुरन थापा मुख्य भूमिकामा रहेको चलचित्रको स्क्रिप्ट पनि निर्देशक सुवेदी आफैंले लेखेका हुन् । बिमल ढकालले खिचेको चलचित्रको मुख्य सहायक निर्देशक बिनय पौडेल छन् । ललीतसिंह साउदले सम्पादन गरेको चलचित्रमा बिनोद भुजेलको पाश्र्वसंगीत छ । दिलासा क्रियसनको ब्यानरमा बनेको ‘गहना’ काठमाडौ आसपासमै खिचिएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu