चैत २५ मा आउने भयो ‘ए मेरो हजुर ४’



निर्माता सुनिल कुमार थापाले यस वर्षको तीजलाई लक्षित गर्दै भदौ १८ गते चलचित्र ‘ए मेरो हजुर ४’ रिलिज गर्ने घोषणा गरेका थिए । तर, कोरोनाको दोस्रो लहर फैलिएसँगै निषेधाज्ञा जारी गरेपछि चलचित्रको रिलिज अस्तव्यस्त बन्यो । गत हप्ता तीन जिल्लाका प्रशासन कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरका सिनेमा हल खोल्न अनुमति दिएपछि निर्माता थापाले नयाँ प्रदर्शन मिति घोषणा गरेका छन् ।

आउँदो चैत २५ गतेलाई चलचित्रको प्रदर्शन मिति घोषणा गर्दै निर्माता थापाले फेसबुकमा लेखेका छन्, ‘विश्वव्यापी माहामारी कोरोनाको कारणले हामीले निर्माण गरेको चलचित्र ‘ए मेरो हजुर ४’ पूर्व घोषित मिति भाद्र १८ मा रिलिज गर्न सकेनौं । अब विस्तारै कोरोना कहर पनि कम हुँदै गएको साथै नेपाल सरकारले सिनेमा हलहरु पनि खोल्ने अनुमति दिएकोले विस्तारै चलचित्र क्षेत्र पनि चलायमान हुने कुरामा हामी आशावादी छौं ।’

झरना थापाको निर्देशन रहेको ‘ए मेरो हजुर ४’ मा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा छन् । यसअघि उनीहरुले यही चलचित्रको तेस्रो सिरिजमा पहिलो पटक एकसाथ अभिनय गरेका थिए । सञ्जय लामा खिचेको चलचित्रमा सलोन बस्नेतको पनि अभिनय छ । कोरोनाका कारण चलचित्रको दुई चरणमा छायांकन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu