‘अस्तित्वको लडाईं’ लड्दै प्रशान्त, सुनिल र सम्पदा



गोविन्द गौतमको निर्देशनमा बन्ने चलचित्र ‘अस्तित्वको लडाईं’ को शुभ मुहूर्त गरिएको छ । मकवानपुर जिल्लाको चैनपुर राक्सिराङमा चलचित्रको एक समारोह बीच मुहूर्त गरिएको हो । चलचित्रको कथा पनि निर्देशकले नै लेखेका हुन् ।

चेपाङ्ग समुदायको कथामा बन्न लागेको चलचित्रको तिहारपछि छायांकन सुरु हुने कार्यकारी निर्माता सुवास काफ्लेले बताए । सरीता ढुंगाना निर्माता रहेको चलचित्र नेपाल चेपाङ्ग समाजले निर्माण गर्न लागेको हो । चलचित्रमा प्रशान्त तामाङ, सुनील थापा र सम्पदा बानियाँको मुख्य भूमिका रहनेछ ।

चलचित्रका लागि अन्य कलाकारहरु छनोटको क्रममा रहेका छन् । राम शरण कोइराला चलचित्रका एसोसियट निर्देशक हुन् । चलचित्रमा रोशन श्रेष्ठको द्वन्द निर्देशन रहनेछ । चलचित्रमा समावेश हुने गीत छनोट कार्य हुँदै गरेको काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu