‘लप्पन छप्पन २’ शिवरात्रीमा रिलिज हुने



कोरोनाका कारण रिलिज हुन नसकेको मल्टीस्टारर चलचित्र ‘लप्पन छप्पन २’ आउँदो फागुनमा देशव्यापी प्रदर्शनमा आउने भएको छ । गत हप्ता तीन जिल्लाका प्रशासन कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरका सिनेमा हल खोल्न अनुमति दिएपछि निर्माण टिमले चलचित्रको प्रदर्शन मिति घोषणा गरेको हो । यसअघि यो चलचित्र गत वर्षको चैत २७ गते रिलिज हुने तयारीमा थियो ।

निर्देशक मुकुन्द भट्टले शुक्रवार साँझ आफ्नो फेसबुकमार्फत महाशिवरात्रीलाई लक्षित गर्दै आउँदो फागुन १३ गते फिल्म रिलिज हुने जानकारी गराएका हुन् । उनले लेखेका छन्, ‘कोरोना महामारीका कारण हामीले ‘लप्पन छप्पन २’ लाई पूर्व घोषित मितिमा रिलिज गर्न सकेनौं । तथापी, अब हामीले आउँदो फागुन १३ गते महाशिवरात्रीको अवसर पारेर रिलिज गर्ने योजना बनाएका छौं ।’

यो चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व। दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा लगायतको अभिनय रहेको छ । सुरज अधिकारी र प्रजापति सिवाकोटी कार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोष चन्द्र भक्रेल छन् ।

गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता खिलेन्द्रराज तिमसिना र निर्देशक मुकुद भट्ट हुन् । चलचित्रको पटकथा तथा संवादमा निर्देशक भट्टलाई सुनिल नेउरेले सघाएका छन् । एक्सन जनरामा निर्मित यस चलचित्रलाई चीनमा समेत रिलिज गर्ने तयारीमा निर्माण टिम छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu