‘छक्का पञ्जा’ टिमसँग नयाँ चलचित्रमा सहकार्य गर्दै रोहित



निर्माता रोहित अधिकारीले पहिलो चलचित्र ‘गाजलु’ बाटै सफलता हासिल गरे । यसपछि उनले २०७६ सालमा दीपकराज गिरी र दीपाश्री निरौलाको समुहसँग सहकार्य गरेर चलचित्र ‘छ माया छपक्कै’ निर्माण गरे । यो चलचित्र पनि बक्सअफिसमा सुपरहिट सावित भयो । यसपछि रोहित पुनः दीपक-दीपाको टिमसँग सहकार्य गरेर यही चलचित्रको सिक्वेल बनाउने तयारीमा थिए ।

तर, स्क्रिप्ट बलियो नभेटेकाले ‘छ माया छपक्कै’ को सिक्वेल तत्काल नबन्ने भएको छ । यसअघि निर्माता अधिकारी दोस्रो पटक दीपक-दीपाको समुहसँग मिलेर नयाँ चलचित्र निर्माण गर्ने तयारीमा जुटेका छन् । अहिले एक चर्चित निर्देशकले स्क्रिप्ट लेखिरहेको र स्क्रिनप्ले राम्रो भए दशैं र तिहारको बीचमा छायांकन हुने उनले बताए । चलचित्रको स्क्रिप्ट दीपकराज गिरीलाई राम्रो लागेको छ ।

‘लकडाउनभन्दा अगाडिदेखि नै दीपक दाईसँग निरन्तर छलफल भइरहेको छ । कुराहरु निकै अगाडि बढेका छन् । दीपक दाईले स्क्रिप्ट मन पराउनुभएको छ । अहिले हामी स्क्रिनप्ले कस्तो आउँछ भनेर पखाईमा छौं । किनकि, स्क्रिनप्ले बलियो नभएसम्म चलचित्र राम्रो बन्दैन,’ रोहितले भने । चलचित्र मल्टीस्टारर हुने र दीपाश्री निरौलाको पनि मुख्य भूमिका रहन सक्ने उनको भनाई छ ।

लकडाउनअघि निर्माता अधिकारीको निर्देशक दिनेश राउतसँँग एक लभस्टोरी चलचित्रका लागि कागजी सम्झौता भएको थियो । उक्त चलचित्रको अफर अभिनेता अनमोल केसीलाई गरिएको छ । उनी चलचित्रलाई लिएर सकारात्मक भए पनि काम गर्ने वा नगर्ने विषयमा निधो दिइसकेका छैनन् । चलचित्रको स्क्रिप्ट लगायतका कुरामा निर्माता रोहित झन्डै १६ लाख खर्च भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu