‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८’को मनोनयन पर्नेलाई प्रमाणपत्र वितरण (सुची सहित)



काठमाडौं । ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८’को मनोनयनमा परेकाहरुलाई मनोनयनको प्रमाणपत्र वितरण गरिएको छ । काठमाडौंमा एक समारोहबीच दशैंको छेको पारेर यो आयोजना गर्न लागिएको अवार्डको मनोनयन प्रमाणपत्र वितरण गरिएको हो । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री, चलचित्र निर्माता, निर्देशक नरेश पौड्याल, गायक शिव परियार, चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्ष जीवन पराजुली लगायतले अवार्डको मनोनयनमा परेकालाई प्रमाणपत्र प्रदान गरेका थिए । फिल्म, गीत, संगीत तथा म्युजिक भिडियोको विभिन्न विधामा मनोनयनमा परेकाहरुलाई प्रमाणपत्र प्रदान गरिएको हो ।

संगीत तथा म्युजिक भिडियो अन्तर्गत निर्देशक, मोडल महिला/पुरुष, छायाँकार, सम्पादकजस्ता विधामा अवार्ड प्रदान गरिँदै छ भने चलचित्र विधामा पनि क्वालिटी इन्टरटेनमेन्ट अवार्डको लागि २०७५ र २०७६ सालका फिल्महरुको मनोनयनमा परेकाहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको छ । जसमा निर्देशक, नायक, नायिका, नवनायक, सहनायक, खलनायक, चरित्र अभिनेता, हाँस्य अभिनेता, छायांकार, सम्पादक, रंग संयोजक, संगीतकार, भिएफएक्स आर्टिस्ट, प्रोडक्सन म्यानेजर जस्ता विधामा मनोनयनमा परेकाहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री, व्यावसायी तथा गीतकार ज्ञान बहादुर लामा, ब्यूटि प्याजेन्ट एशोसियशनका महासचिव निशुकान्त झा, चलचित्र निर्माता, निर्देशक नरेश पौड्याल, गायक शिव परियार, चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्ष जीवन पराजुली लगायतको उपस्थिती थियो ।

Quality-Entertainment-Awards_Nomination-List-PDF

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu