उषाको रिसमा पनि दीपेशजंगप्रति माया (भिडियो)



गायिका रचना रिमाल र गायक नविन रावलको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘चट्ट माया’ बोलको गीतमा मिलन विष्टको शब्द रहेको छ । गीतको संगीत गायक रावलले नै तयार गरेका हुन् ।

डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा उषा उप्रेती र दीपेशजंग रायमाझीको नृत्य देख्न सकिन्छ । भिडियोमा उषा र दीपेशको जोडी सुहाएको देखिन्छ ।

शान थापाको निर्देशन रहेको भिडियोमा राजिव समरको नृत्य निर्देशन रहेको छ । अर्जुन तिवारीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । शिव दर्शन फिल्मसको प्रस्तुतीमा बनेको भिडियोलाई गायत्री थापाले निर्माण गरेकी हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu