एमसीसीबारे करिश्माको प्रश्न : ‘घरभित्र कलह हुने तत्व भित्र्याउनु ठिक होला ?’



अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बहसले राजनीतिक, बौद्धिक र सामान्य नागरिक तहमा व्यापकता पाएको छ । अहिले देश एमसीसीका बारेमा पुरै विभाजित देखिएको छ भने सामाजिक सञ्जालदेखि सामान्य चिया पसलसम्म एमसीसीको विषयमा व्यापक बहस भइरहेको छ । कैयौं युवा समुह, राजनीतिक दलहरु एमसीसिको विरुद्धमा आन्दोलन समेत गरिरहेका छन् ।

नेपाली चलचित्रकर्मीहरुले पनि यस विषयमा आफ्नो धारणा राखिरहेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोष्ट गर्दै अभिनेता राजेश हमालले घुमाउरो शैलीमा जनतालाई स्वीकार हुन नसकेको एमसीसी सम्झौता लागू गर्न नहुने बताएका थिए । नागरिकको भावनामा ठेस पुर्‍याएर वा चित्त नबुझाई यसलाई लागू गरेमा त्यसले दूरगामी असर पार्ने हमालको भनाई छ ।

अभिनेत्री करिश्मा मानन्धर पनि एमसीसीको विपक्षमा उभिएकी छन् । एमसीसीको विरोधमा भएको बाइक र्यालीको एक भिडियो फेसबुकमा पोस्ट गर्दै उनले लेखेकी छन, ‘घरमा हात्ती ल्याएर घरका मान्छे बाहिर बस्नुपर्‍यो भने हात्ती ल्याउनु ठिक होला ? घरभित्र कलह हुने तत्व भित्र्याउनु ठिक होला ? अगुवाइ गर्नेहरुको विगतका निर्णयका परिणामले गर्दा नै जनतामा यो अविश्वास उब्जाएको होला नि त ।’

एमसीसीको बारेमा ठोकुवा गरेर जनतालाई बुझाउन आग्रह गर्दै करिश्माले जनताको विरोधमा गएर अगुवाइ गर्न नहुने बताएकी छन् । नेपाल र अमेरिकी सहयोग निकाय एमसीसीबीच सन् २०१७ सेप्टेम्बर १४ मा ऊर्जा र सडक पूर्वाधार विकासका लागि पाँच सय मिलियन अमेरिकी डलरको सम्झौता भएको थियो  । आम जनता एमसीसी सम्झौता लागू गर्न नहुने पक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu