अब ‘सक्किगोनी’ आफ्नै युट्युबमा



चर्चित हाँस्य टेलिसिरियल ‘सक्किगोनी’ अब आफ्नै युट्युव च्यानलमार्फत आउने भएको छ । यसअघि युट्युब राइटस ओएसआर डिजिटलले लिएको थियो । ओएसआरसँगको सम्झौता अवधि सकिएको र नयाँ सम्झौता नभएको कारण ‘सक्किगोनी’ को आफ्नै युट्युब च्यानल जेपिटी (जिग्री पाँडे टिम) क्रियशन अफिसियलबाट सार्वजनिक हुने भएको हो ।

अब बिहीवार राती ८ बजे हिमालयन टेलिभिजन र ९ बजे जेपिटी क्रियशन अफिसियलबाट आउने भएको छ । ओएसआर डिजिटलसँगको ५२ भाग प्रसारणको सम्झौता मिति सकिएकाले अब आफ्नै युट्युबबाट प्रसारण गर्ने निर्णय गरिएको ‘सक्किगोनी’ का कलाकार तथा निर्देशक कुमार कट्टेल ‘जिग्री’ ले जानकारी दिए ।

‘ओएसआरसँग ५२ भागसम्मको सम्झौता भए पनि ६० भाग प्रसारण भइसकेको छ । अब हाम्रो आफ्नै च्यानलमा ल्याउने निर्णय गरेका हौं,’ जिग्रीले जेपिटी क्रियशन अफिसियलबाट आउनुको कारण खुलाए । जिग्रीका अनुसार, भविष्यमा कुनै युट्युब च्यानलसँग डिजिटिल राइटसको सम्झौता नभएको खण्डमा जेपिटी क्रियशनबाटै आउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu