‘कबड्डी ४’ मा किन बोलाउनुभएन थाहा छैन : रिश्मा गुरुङ



विभिन्न गुरुङ भाषाको फिल्ममा अभिनय गरे पनि नेपाली चलचित्र ‘कबड्डी’ मा ‘मैयाँ’ को चरित्रको निर्वाह गरेपछि चर्चामा आएकी अभिनेत्री रिश्मा गुरुङले यसपछि ‘कबड्डी २’ र ‘झुम्की’ मा मुख्य भूमिकामा अभिनय गरिन् । बीचमा उनले केही समय चलचित्रमा काम गरिनन् । विवाहपछि भने उनले ‘कबड्डी ३’ र गत वर्ष ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’ चलचित्रमा अभिनय गरिन् ।

निर्देशक रामबाबु गुरुङले ‘कबड्डी ४’ मा काजी (दयाहाङ राई) सँग मिलन गराउने गरी ‘कबड्डी ३’ मा रिश्मालाई प्रस्तुत गरेका थिए । ‘कबड्डी ३’ को कथा नै त्यही अनुसार टुंग्याइएको छ । दर्शकहरु पनि अब काजी र मैयाँको मिलन हुने कुराले खुसी भएका थिए । तर, यसको अन्तिम सिरिजमा रिश्मालाई रिप्लेस गर्दै मिरुना मगर भित्रिएकी छन् । अर्थात् ‘कबड्डी ४’ मा रिश्माको अभिनय रहने छैन ।

रिश्माले ‘कबड्डी ४’ बाट आफूलाई अफर नै नआएको खुलासा गरेकी छन् । हालै एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘मलाई ‘कबड्डी ३’ मा बोलाउनुको कारण चौंथो पार्टमा निरन्तरताको लागि नै थियो । मलाई प्लटलाइन पनि सुनाउनुभएको थियो । मैले त्यही कारणले ‘कबड्डी ३’ मा सानो भूमिका भए पनि अभिनय गरेको थिएँ । तर, ‘कबड्डी ४’ मा किन बोलाउनुभएन थाहा छैन ।’

चलचित्रमा आफूलाई नलिएकोमा चित्त दुखाई नभए पनि खबरै नगरेकोमा भने चित्त दुखेको उनले बताएकी छन् । ‘म इन्डस्ट्रीमा आएको नै ‘कबड्डी’ बाट हो । यो चलचित्रको टिमसँग मेरो बेग्लै खालको सम्बन्ध छ । तर, उहाँहरुले मलाई आफ्नो सम्झिनु भएन भने मैले किन सम्झिनु भएन भनेर चित्त दुखाउनु र ? पहिला चाहिँ एकदमै नरमाइलो लागेको थियो तर अहिले छैन,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu