दशैंमा सविनको ‘धन्दागिरी’, यस्तो छ ट्रेलर



असोज २५ गते (फूलपातीको अघिल्लो दिन) बाट चलचित्र ‘धन्दागिरी’ देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शन हुने भएको छ । शुक्रवार निर्माण टिमले प्रदर्शन मितिसँँगै ट्रेलर पनि सार्वजनिक गर्‍यो । अभिनेता सविन श्रेष्ठ र अभिनेत्री छुल्ठिम गुरुङको मुख्य भूमिका रहेको चलचित्रमा दिनेश खड्का, दिनेश डिसी, सुशील पोखरेल, स्व. दीपक क्षेत्री, स्व. बिएस राणा लगायतको पनि अभिनय छ ।

नरेन्द्र भट्टराईको कथा र निर्देशन रहेको चलचित्रमा दिनेश खड्का एसोसियट निर्माता र कुमार प्रसाद ओझा कार्यकारी निर्माताको रुपमा छन् । कवि भक्त क्षेत्री र फुर्वा दोर्जे तामाङ फिल्मका निर्माता हुन् । आरआर फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्नेछन् । चलचित्रले दर्शकलाई भरपूर मनोरञ्जन र सन्तुष्टि दिने निर्देशक भट्टराईको दाबी छ ।

यो चलचित्रको डिजिटल राइट्स डिएआर मुभिज एन्ड फिल्म्सले लिएको छ । विगत लामो समयदेखि संगीत तथा म्यूजिक भिडियोमा निरन्तर काम गर्दै आएको यो कम्पनीले अब नेपाली चलचित्रको डिजिटल बजारमा पनि आफ्नो उपस्थिति जनाउने भएको छ । डिएआर मुभिजले ‘धन्दागिरी’ सँगै अन्य पाँच चलचित्रको पनि डिजिटल राइट्स खरिद गरिसकेको सञ्चालक श्याम धितालले बताए ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu