छायांकनमा निस्कियो केकी र गौरवको ‘घिन्ताङ’



सरकारले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर छायांकनको अनुमति दिएपछि निर्देशक दीपक श्रेष्ठले चलचित्र ‘घिन्ताङ’ को छायांकन सुरु गरेका छन् । एक महिनाको सुटिङ सेड्युल बोकेर शुक्रवार पनौतीको खोपासी गाउँबाट चलचित्रको छायांकन सुरु भएको हो । कहिले कलाकार परिवर्तन त कहिले कोरोना महामारीले गर्दा चलचित्र छायांकनमा जान सकेको थिएन ।

चलचित्रमा अभिनेता गौरव पहारी र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा छन् । सुटिङ सेटबाट बाहिरिएको एक तस्बिरमा उनीहरुलाई भिन्न लुक्स र गेटअपमा देख्न सकिन्छ । श्रीमतीको निधनपछि एकल जीवन विताइरहेका दलित समुदायका धने (गौरव) र श्रीमानको निधनपछि एक्ली भएकी बाहुन समुदायकी लक्ष्मी (केकी) बीचको प्रेम सम्बन्धको कथालाई चलचित्रलाई देखाइनेछ ।

साहित्यकार मन्दिरा ‘मधुश्री’ ले लेखेको ‘मासुको मुल्य’ कथामा आधारित भएर निर्माण भइरहेको चलचित्रमा नीर शाह र मदनकृष्ण श्रेष्ठको पनि विशेष भूमिका रहनेछ । निर्देशक श्रेष्ठले आफूले अहिलेसम्म निर्देशन गरेका चलचित्रभन्दा ‘घिन्ताङ’ विल्कुलै फरक हुने दाबी गरेका छन् । उनले सात वर्षपछि निर्देशनमा कमब्याक गरेका हुन् । उनी एक समयका सफल निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu