नायिका प्रियंका कार्की आमा बनेकी छिन् । उनले छोरीलाई जन्म दिएकी हुन् । बुधवार दिउँसो सामाजिक सञ्जालमा प्रियंका र उनका श्रीमान् आयुष्मान देशराज जोशीले छोरीसहितको तस्बिर साझेदार गर्दै माता-पिता बनेकोमा खुसी व्यक्त गरेका छन् । उनीहरुले छोरीको नाम आयांका कार्की जोशी राखेका छन् ।

दुवैले छोरीसँगको तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘हाम्रो सानो परी । यो संसारमा स्वागत छ, हाम्रो जीवनमा तिमीलाई स्वागत छ प्यारी ।’ प्रियंकाले विभिन्न अन्तर्वार्ताहरुमा पहिलो सन्तानको रुपमा छोरीको इच्छा व्यक्त गरेकी थिइन् ।
प्रियंंका र आयुष्मानले २०७६ सालको फागुन १५ गते कानुनी रुपमा विवाह गरेर त्यसको भोलीपटक हिन्दू परम्परा अनुसार लगनगाँठो कसेका थिए । विवाहअघि उनीहरु करीब दुई वर्ष प्रेममा थिए । चलचित्र ‘कथा काठमाण्डू’ मा काम गर्ने समयमा उनीहरु प्रेममा डुबेका थिए ।




