‘उकुस मुकुस’ मा जयनन्द लामादेखि देवी आलेसम्म



हास्य कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ को यूट्युब च्यानल आमा अग्नी कुमारीबाट हरेक बुधबार साँझ ७ बजे नयाँ हाँस्य टेलिश्रृंखला ‘उकुस मुकुस’ सार्वजनिक हुने भएको छ । आज बेलुका यो टेलिश्रृंखलाको पहिलो भाग प्रशारण हुँदैछ ।

गोल्ड फिल्मस्को ब्यानरमा निर्माण भएको सिरियल कमेडी विषयमाथि बनेको हो । दीलिप तामाङको निर्देशन रहेको सिरियलमा जयनन्द लामा, भुइसाल लामा, दीलिप तामाङ, देवी आले, धनराम मुस्कान, प्रकाश लिम्बु, बेदना राई, नहकुल भट्टराई, दिपक लम्साल, टुल्कु तामाङ र सोहन थापा बाल कलाकारको अभिनय छ ।

सिरियलको संवाद कलाकार ‘माग्ने बुढा’ ले लेखेका हुन् । दीलिप तामाङको कथा रहेको ‘उकुस मुकुस’ मा टुल्कु तामाङ र दिपक लम्सालको पटकथा छ । राहुले राईले खिचेको सिरियलको श्रृंखला निर्देशक सितादेवी तिमल्सिना हुन् । निर्देशक तामाङले सिरियलले दर्शकलाई भरपूर मनोरञ्जन दिने बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu