शिव श्रेष्ठ भन्छन्, ‘राजनीतिमा कहिल्यै आउँदिनँ’



अभिनेता शिव श्रेष्ठले नेपाली चलचित्र क्षेत्रमा ४ दशक विताइसकेका छन् । एक समय चलचित्र क्षेत्रमा एकछत्र राज गरेका उनी पछिल्लो समय भने उमेर अनुसारको भूमिकामा प्रस्तुत हुँँदै आएका छन् । यही असोज २६ गतेबाट उनी अभिनीत नयाँ चलचित्र ‘डाँडाको बर पीपल’ प्रदर्शनमा आउने तयारीमा छ । यतिबेला उनको पाइपलाइनमा चलचित्रको पनि कमी छैन ।

पछिल्लो समय कलाकारहरु राजनीतिमा होमिने क्रम बढ्दो छ । तर, अभिनयमा जस्तो सफलता राजनीतिमा हासिल गरेका कलाकार नेपालमा थोरै मात्र छन् । राजनीति दलहरुले कलाकारलाई सभा-सम्मेलनमा मानिसको भीड तान्नका लागि मात्र प्रयोग गरेको पाइन्छ । अभिनेता शिव श्रेष्ठलाई पनि विभिन्न राजनीति दलबाट सदस्यता लिन भन्दै बाक्लै प्रस्ताव आउने गरेको छ ।

तर, उनी आफू कहिल्यै राजनीतिमा नआउने बताउँछन् । उनी भन्छन्, ‘मैले राजनीति गर्छु भनेर जीवनमा कहिल्यै सोचेको छैन । राजनीतितिर इच्छा भएको भए कलाकारितालाई निरन्तरता नै दिने थिइनँ । मलाई के लाग्छ भने सबैले आ आफ्नो काम गर्नुपर्छ । तर, जुन पेशामा भए पनि सबैले राष्ट्रका लागि काम गर्नुपर्छ । राष्ट्रको काम गर्ने दाहित्व राजनीतिज्ञको मात्र होइन, हामी सबैको हो ।’

केही समयदेखि राजनीतिक तहदेखि सर्वसाधारणसम्म बहसको विषय बनेको एमसीसीबारे पनि उनले आफ्नो धारणा राखेका छन् । जनतालाई नचाहिएको एमसीसी लागू गर्न हुने उनको भनाई छ । अभिनेता श्रेष्ठ भन्छन्, ‘एमसीसीको विषयमा जनताले जे भन्छन् म त्यहीँ भन्छु । म जनताको आवाज सुन्ने व्यक्ति हुँ । आम जनताले एमसीसी चाहिँदैन भनेका छन्, म पनि चाहिँदैन नै भन्छु ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu