फेसन डिजाइनर शरदसँग इन्दिराको इन्गेजमेन्ट



गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन् । बिहीवार उनलाई प्रेमीले सगरमाथा क्षेत्रको खुम्बुमा पुगेर इन्गेजमेन्ट औंठी लगाइदिएका हुन् । फेसन डिजाइनर शरद केडियासँग इन्दिराको इन्गेजमेन्ट भएको हो ।

सगरमाथा आधार शिविरमा बिहीवारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन त्यहाँ पुगेका इन्दिरा र शरदबीच इन्गेजमेन्ट भएको हो । हेलिकोप्टरमार्फत त्यहाँ पुगेका उनीहरु अहिले खुम्बु क्षेत्रमै छन् ।

शरदले इन्दिरालाई औंठी लगाइदिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । क्याप्टेन विवेकले आफ्नो टिकटकमा साझेदार गरेको भिडियोमा शरदले घुँडा टेकेर इन्दिरालाई औंठी लगाइदिएका छन् । उनीहरु विगत २ वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu