ब्याचलरमा भेट्ने करिश्माको बाचा



नेपाली चलचित्र क्षेत्रकी सदाबहार सुन्दरी करिश्मा मानन्धर पछिल्लो समय अभिनयभन्दा अध्ययनमा व्यस्त छिन् । १४ वर्षको उमेरमा कक्षा ८ मा पढ्दै गर्दा ‘सन्तान’ चलचित्रमा अभिनय गरेपछि उनले औपचारिक अध्ययनलाई अगाडि बढाउन सकिनन् । त्यसबेला उनलाई पढाईको आवश्यकता महशुस पनि भएन । तर, पढ्ने इच्छालाई उनले करिब ३० वर्षपछि पूरा गरेकी छन् ।

उमेरसँगै पर्दामा निर्वाह गर्ने भूमिका परिवर्तन हुन थालेपछि उनले अधुरै रोकिएको अध्ययनलाई पूरा गर्ने अठोट लिँदै ५ वर्ष अगाडि ४४ वर्षको उमेरमा मैतिदेवीको त्रिवेणी स्कूलमा कक्षा ८ मा भर्ना भइन् । उनले एसईईसम्मको अध्ययन सोही स्कूलबाट गरिन् । ३ जीपीए लिएर एसईई उत्तीर्ण भएकी उनले प्लस टू (११-१२) पढ्न भने घर (गोदावरी) नजिकै रहेको सरकारी क्याम्पस रोजिन् ।

शुक्रवारबाट उनले कक्षा १२ को परीक्षा सकाएकी छन् । धेरैलाई लागेको थियो प्लस टूपछि उनी अध्ययन रोकेर पूर्ववत् अभिनयमा नै सक्रिय हुनेछिन् । तर, उनले अध्ययनलाई नरोक्ने संकेत गरेकी छन् । उनले कक्षा १२ लाई ‘गुडबाई’ भन्दै सँगै पढेका विद्यार्थीसँगको तस्बिरहरु फेसबुकमा साझेदार गर्दै ब्याचलरमा भेट्ने बाचा गरेकी छन् । अर्थात् अब उनी ब्याचलर भर्ना हुनेछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu