असोज २१ गतेबाट हल खुल्ने, निर्माताले पाउने शेयर बढ्यो



आइतवार नेपाल चलचित्र संघका महासचिव अशोक शर्माको संयोजकत्वमा बसेको बैठकले यही असोज २१ गतेबाट सिनेमा हल खोल्ने निर्णय गरेको छ । १८ महिनादेखि चलचित्र प्रदर्शन कार्य पूर्ण रुपमा बन्द भएकाले अब उप्रान्त २ हप्ताको अन्तरालमा चलचित्र रिलिज गरिने र नेपाली चलचित्रले तोकेको मितिमा विदेशी चलचित्र प्रदर्शन नगरिने संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निर्मातालाई लोभ्याउन संघले चलचित्र रिलिजवापत पाउने शेयर पनि बढाउने निर्णय गरेको छ । संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वदेशी र विदेशी चलचित्रको शेयर बाँडफाँडको हकमा पहिलो हप्ता ५५ प्रतिशत शेयर रकम निर्मातारवितरकलाई भुक्तानी गरिनेछ । दोस्रो हप्तामा ५०/५० प्रतिशत हुनेछ ।’ पहिला चलचित्र रिलिजको पहिलो हप्तामा निर्माताले ५० प्रतिशत र दोस्रो हप्ता ४५ प्रतिशत शेयर पाउने गरेका थिए ।

कोरोना महामारीका कारण लामो समय बन्द रहेका सिनेमा हललाई गत महिना जिल्ला प्रशासन कार्यालयले सञ्चालनको अनुमति दिएको थियो । तर, प्रदर्शनका लागि नयाँ चलचित्र नहुँदा हलहरु बन्दै छन् । यसपालीको दशैंमा सविन श्रेष्ठको ‘धन्दागिरी’ र मल्टीस्टारर चलचित्र ‘डाँडाको वरपीपल’ रिलिज हुने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu