रञ्जना शर्मा बन्दैछिन् आमा



अभिनेत्री रञ्जना शर्मा पहिलो पटक आमा बन्ने भएकी छन् । गत वर्षको चैत्र २५ गते अमेरिकामा प्रेमी निकेश सिलवालसँग दोस्रो विवाह गरेकी उनले बुधवार सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको जानकारी दिएकी हुन् । उनले ‘बेबी बम्प’ सहितको तस्विर सार्वजनिक गरेकी छन् । कोरोनाका कारण रञ्जना र निकेशले अनलाइनको माध्यमबाटै कानुनी विवाह गरेका थिए ।

२००६ मा रञ्जनाको पहिलो विवाह निर्देशक श्याम भट्टराईसँग भएको थियो । तर, उनी अमेरिका गएपछि श्यामसँग सम्बन्ध विग्रियो । त्यसपछि अलग-अलग बस्दै आएका उनीहरुको ३ वर्ष अगाडि मात्र सम्बन्ध विक्षेद भएको हो । डिभोर्स अगावैदेखि निकेशको प्रेममा रहेकी रञ्जनाले अमेरिकामा बसोबास गर्ने आफन्त र चिनजानका फिल्मकर्मीको उपस्थितिमा गत वर्ष विवाह गरेकी हुन् ।

‘गहना’ टेलिसिरियलबाट अभिनय करिअर सुरु गरेकी रञ्जनाले ‘कन्यादान, सलाम छ मायालाई, विरताको चिनो, मर्यादा, मौसम, बदमास’ लगायतका नेपाली चलचित्रमा अभिनय गरेकी छिन् । चलचित्रमा राम्रो माग हुँदा हुँदै एक दशक अगाडि अमेरिका हानिएकी उनले त्यसपछि अभिनयलाई निरन्तरता दिएकी छैनन् । चलचित्र ‘मौसम’ ले उनलाई दर्शकको ठूलो वर्गमा चिनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu