‘द भ्वाइस अफ नेपाल’ का विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक



गृह मन्त्रालयले ‘द भ्वाइस अफ नेपाल’ का विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक लगाएको छ । नेपालमा प्रवेश गर्न नपाएपछि उनी त्रिुभवन विमानस्थलबाटै अमेरिका फर्किएका छन् । उनी अमेरिकी नागरिक हुन् । एक प्रवेशाज्ञा (भीसा) वर्षमा अमेरिकी नागरिकहरुले १ सय ८० दिन मात्र नेपाल बस्न पाउँछन् । किरणले यसअघि तोकिएको दिनभन्दा बढी बसेकाले जरिवाना समेत तिरेका थिए ।

किरण ‘द भ्वाइस अफ नेपाल’ को समयमा भिसा अवधिभन्दा नेपालमा १३० दिन बढी बसेका थिए । यो शो जितेको केही हप्तापछि अमेरिका फर्किएका किरण गत सोमबार कतार एयरवेजको क्यूआर ६५० कलसाइनको उडानबाट काठमाडौं आएका थिए । उनी त्रिभुवन विमानस्थलमा ओर्लिएपछि अध्यागमन विभागले सोधपुछ गर्ने क्रममा २०२१ का लागि उनको भिसा सकिएको पाइएको थियो । अब गजमेर सन् २०२२ मा मात्र नेपाल प्रवेश गर्न पाउनेछन् ।

‘द भ्वाइस अफ नेपाल’ को तेस्रो संस्करणमा गजमेरलाई दर्शकहरुले सर्वाधिक रुचाएका थिए । भुटानबाट विस्थापित भएपछि गजमेर परिवारसहित झापाको शरणार्थी शिविरमा बस्दै आएका थिए । संयुक्त राष्ट्रसंघले भुटानी शरणार्थीका लागि तेस्रो मुलुक पुर्नवास कार्यक्रम सुरु गरेपछि गजमेर नेपाल छाडेर परिवारसहित अमेरिका गएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu