रुपचन्द्र विष्टको जीवनीमाथि बनेको ‘रुदाने’ टिजर रिलिज



‘थाहा’ आन्दोलका प्रवर्तक स्वं. रुपचन्द्र विष्ट ‘रुदाने’ को जीवनीमा आधारित भएर निर्माण भएको चलचित्र ‘रुदाने : विद्रोहको नेपाली नाम’ को टिजर सार्वजनिक भएको छ । २ मिनेट ३३ सेकेण्ड लामो टिजरमा रुपचन्द्र विष्टको चरित्र-चित्रण गरिएको छ । टिजर संवाद समावेश छैन । चलचित्रमा दिव्य देवले रुपचन्द्रको भूमिका निभाएका छन् । यो चलचित्र चार वर्ष अगाडि नै निर्माण भएको थियो ।

अमित किशोर सुवेदी र विकास ढकालको लेखन तथा निर्देशन रहेको चलचित्रमा नम्रता श्रेष्ठ, रवि गिरि, सुभाष गजुरेल, अमर सुवेदी लगायतका कलाकारहरुको पनि अभिनय छ । चलचित्रमा जागृत रायमाझी कार्यकारी निर्माता र भानुभक्त थापा सह-निर्माता छन् । शान्ता राओको छायांकन, निमेश श्रेष्ठको सम्पादन र जेसन कुँवरको संगीत रहेको चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको छैन ।

बाबु पदमबहादुर विष्ट र आमा चित्रकुमारीको कोखबाट वि.स. १९९० पौष २६ मा मकवानपुरमा जन्मिएका रुपचन्द्र विष्ट चेतना फैलाउने जनबादी नेता थिए । उनले ०२९ र ३० सालतिर ‘थाहा’ आन्दोलन सुरू गरेका थिए । आन्दोलनको समयमा उनी चट्टान, भित्ता, पर्खाल, रूखदेखि खाली कागज र चुरोटको बट्टासम्म ‘थाहा’ लेख्दै हिँड्ने गर्थे । चलचित्रले यही पाटोलाई उठान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu