नेपाली चलचित्र ‘चोर र पुलिस’ को ट्रेलर सार्वजनिक गरिएको छ । तिहारको अवसरमा कात्तिक १७ गतेदेखि देशभरका हलमा प्रदर्शन हुन लागेको चलचित्रको ट्रेलरमा एक्सनलाई प्राथमिकता दिइएको छ । यो चलचित्रबाट ८ वर्षपछि अभिनयमा कमब्याक गरेका राजेन्द्र खड्गीलाई ट्रेलरमा एक्सन गर्दै गरेको देख्न सकिन्छ ।

चलचित्रमा धिरेन शाक्य, बुद्धि तामाङ, जयनन्द लामा, जयकिसन बस्नेत, रबि गिरी, सोभित बस्नेत, रामचन्द्र अधिकारी, सुरवीर पण्डित, जाहान्वी बस्नेत, कविता राया, सुलेमान शंकर इकु, अर्जुन गुरुङ, सुभाष गजुरेल, शारदा गिरी, रश्मी भट्ट, रेशम फिरिरी, मदन ताम्राकार, आरएल लामा, सुशान्त राई (भाले डन) लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
आरआर फिल्मस्ले वितरण गर्ने चलचित्रको निर्मातामा आर सोनाम मोक्तान र लंका माया मोक्तान छन् । करणबहादुर बिष्ट सह निर्माता रहेको चलचित्रको प्रस्तुतकर्ता खड्क लामा मोक्तान हुन् भने जीवन लामा कार्यकारी निर्माता छन् । रामेश्वर हुमागाईले खिचेको चलचित्रका गीतमा बिकास चौधरीको संगीत छ । तारा थापा ‘किम्भे’ ले सम्पादन गरेको चलचित्रमा राजु किराँतीको द्वन्द्व निर्देशन छ ।