यस्तो छ ‘डाँडाको बर पीपल’ को ट्रेलर



शोभित बस्नेत निर्देशित चलचित्र ‘डाँडाको बर पीपल’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा जातको कारण सलोन बस्नेत र रुविना थापाको प्रेममा उत्पन्न समस्यालाई देखाउन खोजिएको छ । चलचित्रमा सलोनले सार्की परिवारमा जन्मिएको युवकको भूमिका निर्वाह गरेका छन् । ट्रेलरमा उनको अभिनयले मन छुन्छ ।

निर्देशक बस्नेतले चलचित्रमा शिव श्रेष्ठ र गौरी मल्ललाई बर र पीपलको जोडीको रुपमा प्रस्तुत गरेका छन् । चलचित्रमा भुवन केसी आर्थिक रुपमा सम्पन्न गाउँको मान्यगन्य व्यक्तिको भूमिकामा रहेको ट्रेलर हेर्दा अनुमान गर्न सकिन्छ । पारिवारिक चलचित्र रुचाउने दर्शकलाई ट्रेलरले आकर्षित गर्न सक्छ । यही असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रका निर्माता नवराज गिरी हुन् ।

चित्लाङ र काठमाडौंमा छायांकन भएको यस चलचित्रमा अस्मिता जुरेली, हिउँवाला गौतम, उतम केसी, संगम भण्डारी, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, सुशान्तकुमार श्रेष्ठ, ज्ञानकुमार कट्टेल लगायतका कलाकारको पनि अभिनय छ भने नवराज गिरीको कथा, रामकाजी घिमिरेको स्क्रिप्ट, सुशान्त प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र मित्रदेव गुरुङको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu