भिटेन अब नायक



चर्चित र्‍यापर समिर घिसिङ ‘भिटेन’ ले चलचित्रमा अभिनय गर्ने भएका छन् । उनले १८ लाख पारिश्रमिक लिएर हालै एक चलचित्र साइन गरेका छन् । बुढासुब्बा डिजिटलले निर्माण गर्न लागेको चलचित्र ‘रत्नपार्क’ मा उनी अनुबन्ध भएका हुन् । ओटीटी प्लेटफर्म, सिनेमा हल र टेलिभिजनमा रिलिज गर्ने गरी निर्माण हुन लागेको यो चलचित्रमा अश्लील शब्दको अत्याधिक प्रयोग हुनेछ ।

आइतवार राजधानीमा आयोजित चलचित्र ‘डाँडाको बर पीपल’ को ट्रेलर सार्वजनिक कार्यक्रममा बुढासुब्बाका सञ्चालक नवराज गिरीले भिटेनलाई लिएर चलचित्र निर्माण गर्न लागेको स्वीकार गरे । तर, उनले पारिश्रमिकको विषयमा भने मुख खोलेनन् । ‘चुरोट’ नामको गीतबाट चर्चामा आएका भिटेनलाई अघिल्लो वर्ष अश्लिल गीतहरू गाएको आरोपमा प्रहरीले पक्राउ समेत गरेको थियो ।

‘डाँडाको बर पीपल’ प्रदर्शनमा आएपछि भिटेनलाई लिएर चलचित्र निर्माण गर्न लागेको बुढासुब्बाले अब लगातार चलचित्र बनाउने सञ्चालक गिरीले बताए । उनले भने- ‘चलचित्र क्षेत्रलाई चलायमान बनाउन र कन्टेन्ट निकाल्नका लागि बुढासुब्बाले ७ वटा चलचित्रको घोषणा गरेको छ । त्यसमध्ये एउटा भिटेनलाई लिएर निर्माण हुनेछ । अब बुढासुब्बाले टि-सिरिज जस्तै आफैंले चलचित्र बनाउनेछ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu