अस्कारले माग्यो नेपाली चलचित्र



९४औं एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर) मा नेपाली चलचित्रको सहभागिताका लागि अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समिति (नेपाल) ले आवेदन खुल्ला गरेको छ । समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै अस्करमा प्रतिस्पर्धा गर्न इच्छुक नेपाली चलचित्रकर्मीले असोज १९ गतेदेखि कात्तिक २ गतेभित्र नेपालको अस्कर कमिटीलाई चलचित्र बुझाउन आग्रह गरेको छ ।

सन् २०२२ मार्च २७ तारिख आइतबारका दिन अमेरिकाको लस एन्जेलस्को डल्बी थिएटरमा ९४औं एकेडेमी अवार्डस् (द अस्कर अवार्डस्) प्रदान गरिँदैछ । हरेक वर्ष फेब्रअरीमा हुँदै आएको यो अवार्ड यसपटक कोरोना महामारीका कारण एक महिना पर धकलिएको हो । महामारीका कारण रिलिज हुन नसकेको चलचित्रका लागि पनि यो साल अस्कर अवार्ड केही लचिलो बनेको छ ।

अघिल्ला वर्षहरुमा अस्कार अवार्डमा सहभागी हुन कुनै पनि चलचित्र हलमा रिलिज भएर हप्ता दिनसम्म चलेकै हुनुपर्ने नियम थियो । तर, यो साल कोरोनाका कारण हल बन्द भइ रिलिज हुन नसकेका चलचित्रले समेत अस्करको प्रतिस्पर्धामा सामेल हुन पाउने छन् । यसका लागि सम्बन्धित चलचित्रले सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट फिल्म रिलिज रोकिएको पत्र बुझाउनु पर्ने हुन्छ ।

योसँँगै सिनेमा हलमा नलागि अनलाइन स्ट्रिमिङ साइट वा भिडियो अन डिमाण्डमा आएका चलचित्र पनि अस्कारमा सहभागी हुन पाउने भएका छन् । अस्कारका लागि नेपाली फिल्म छनोट गर्ने समितिको अध्यक्ष विमल पौडेल छन् भने राजेन्द्र शलभ, लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय, लोकेन्द्र पराजुली, राजुबिक्रम थापा, चिरञ्जीवी गुरागाँई र सामीप्यराज तिमल्सेनाको कार्यकारी समिति छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu