बोर्डले गर्‍यो चलचित्रलाई राहत प्याकेजको घोषणा



नेपाल चलचित्र संघले यही २१ गतेबाट सिनेमा हल खोल्ने निर्णय गरेपछि मंगलवार चलचित्र विकास बोर्डले पत्रकार सम्मेलनको आयोजना गर्दै तत्काल रिलिज हुने चलचित्रलाई राहत प्याकेजको घोषणा गरेको छ । बोर्डले हल खुलेको तीन महिनाभित्र रिलिज हुने चलचित्रलाई सर्भर इनकोडिङ, पब्लिसिटी, प्रचार सामाग्री छपाई लगायतको शिर्षकमा ७ लाख बराबरको सहयोग गर्न लागेको हो ।

कार्यक्रममा बोर्ड अध्यक्ष दयाराम दाहालले भने- ‘तत्काल रिलिज हुने नेपाली चलचित्रमा हामीले जति पनि सहयोग गर्न लागेको छौं त्यो बोर्डको आन्तरिक स्रोतबाट हो । विदेशी चलचित्र प्रदर्शनवापत प्राप्त हुने शुल्कले बोर्ड चल्ने गर्छ । जुन २० महिनादेखि शुन्य अवस्थामा छ । यसका वावजूद पनि चलचित्र क्षेत्रलाई चलायमान बनाउन बोर्डले आन्तरिक स्रोतबाट सक्ने सहयोग गर्दै आएको छ ।’

निर्माणमा जाने चलचित्रमा सहयोग गर्न पनि बोर्डले सूचना तथा सञ्चार मन्त्रालयसँग माग गरेको र यो मागलाई मन्त्रालयको योजना शाखाले राहत प्याकेज शिर्षकमा राखेर अर्थ मन्त्रालय पठाएको अध्यक्ष दाहालले जानकारी दिए । प्रोजेक्ट लोनको विषयमा पनि कुरा अगाडि बढेको बताउँदै उनले छायांकनमा जाने चलचित्रलाई बोर्डले डेढ लाखसम्मको ‘प्रोजेक्ट विमा’ उपलब्ध गराएको बताए ।

गठबन्धन सरकारले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको ‘राहत प्याकेज’ अन्तर्गत कोरोनाका कारण चलचित्र क्षेत्रमा भएको क्षतिको वितरण माग भएकाले यसबाट केही माग सम्बोधन हुनेमा उनको विश्वास छ । यसको वितरण केही दिनमै बुझाउने उनको तयारी छ । ठूला फिल्मको लगानी सुरक्षित गरेर प्रदर्शन गर्ने विषयमा पनि बोर्ड गम्भीर रहेको दाहालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu