‘बुलाकी’ मा सुरक्षा पन्त अनुबन्ध



भर्सटायल अभिनेत्रीको रुपमा आफूलाई स्थापित गरेकी सुरक्षा पन्तले नयाँ चलचित्र साइन गरेकी छन् । जारी प्रथामाथि आधारित भएर निर्माण हुन लागेको चलचित्र ‘बुलाकी’ मा उनी अनुबन्ध भएकी हुन् । उनले कथावस्तु र आफ्नो भूमिका मन परेपछि चलचित्रमा काम गर्न तयार भएको बताएकी छिन् । चलचित्रको मुल कथा नै उनको वरीपरी घुम्नेछ । कात्तिकबाट चलचित्रको छायांकन सुरु हुनेछ ।

लक्ष्मण सुनारको निर्देशनमा बन्न लागेको यस चलचित्रमा नरेन खड्का र विराज विस्ट पनि मुख्य भूमिकामा अनुबन्ध भइसकेका छन् । अप्सना थापा, लक्ष्मी गिरी, सुनिल पोेखरेल, प्रेमदेव गिरीको पनि अभिनय रहने चलचित्रको अधिकांश छायांकन डोल्पामा हुनेछ । कर्णालीको भाषामा बन्ने यस चलचित्रको निर्मातामा मोति विष्ट र गोपाल विस्ट छन् भने सह-निर्मातामा प्रकाश कँडेल (सौगात) छन् ।

शिव ढकालले खिच्ने चलचित्रको गीतमा श्रीकृष्ण बल मल्लको संगीत र शिव परीयार/प्रविशा अधिकारीको गायन रहनेछ । निर्देशक सुनारले ‘बुलाकी’ लाई आर्ट र कमर्शियलको ‘फ्यूजन’ को रुपमा बनाउन लागेको जानकारी दिए । चलचित्रले नेपाली समाजभित्रको अँध्यारो पाटोलाई देखाउने बताउँदै उनले जारी प्रथा (कुप्रथा) को विषयमा अध्ययन गर्न आफूले लामो समय खर्चिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu