मनोज पण्डितको ‘एक’ ओटीटी प्लेटफर्ममा रिलिज



फरक धारका चलचित्र बनाउन सिपालु मानिने निर्देशक मनोज पण्डितले बिहीवारबाट चलचित्र ‘एक’ लाई ओटीटी प्लेटफर्ममा रिलिज गरेका छन् । विश्वमा ओटीटी प्लेटफर्म हलको विकल्पको रुपमा उदाएको अवस्थामा नेपालमा पनि यसलाई स्थापित गर्न उनले आफू निर्देशित चलचित्रलाई सिधै ओटीटीमा रिलिज गरेका हुन् । यो चलचित्र उनले हलमा रिलिज गर्ने उद्देश्यले बनाएका थिए ।

२ घन्टा १५ मिनेट लम्बाईको यो चलचित्रलाई १ सय ९९ रुपैयाँ तिरेर डिजिटल प्लेटफर्म सिनेमा घर एप, भाए टिभी, म्याक्स टिभी, नेट टिभी, एक्स भोड् र डिसहोमको च्यानल नं. ५५५ मा घरमै बसेर हेर्न सकिन्छ । ओटीटीमा रिलिजको पहिलो दिन चलचित्र हेर्ने दर्शकको सुखद उपस्थिति रहेको बताउँँदै निर्देशक पण्डितले दर्शकबाट निकै सकारात्मक प्रतिक्रिया मिलेको पनि जानकारी दिए ।

विदेशी षड्यन्त्र र हस्तक्षेपबाट नेपाललाई जोगाउन विशेष गुप्तचर निकाय ९रअ० जतिसक्दो चाँडो स्थापित गर्नुपर्छ भन्ने तथ्यलाई स्थापित गर्न यो चलचित्रले ‘सीएसआई’ नामक एउटा जासूसी निकायको परिकल्पना गरेको छ । देश जोगाउन एउटा इमान्दार एजेन्टको संघर्षको कथामा चलचित्र आधारित छ । विशाल पोखरेल, ज्योत्सना योगी र प्रमोद अग्रहरी चलचित्रमा मुख्य भूमिका छन् ।

चलचित्रको कथा निर्देशक पण्डित आफैंले लेखेका हुन् । आत्मा गुरागाइँ र सोफी थापा निर्माता रहेको चलचित्रमा दीपक बज्राचार्यको छायांकन, भरतमणी रेग्मीले सम्पादन र प्रमोद खड्काको द्वन्द्व निर्देशन छ । स्क्रिप्ट फ्याक्ट्रीको ब्यानरमा निर्माण भएको ‘एक’ मा सवीर चुरौते, प्रमोद खड्का, विश्वान्त पोखरेल, मदन ठाकुर, सुरेश शाह, रामशरण पाठक, हरोण अलीको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu