सुप्रियासँग विवाह बन्धनमा बाँधिए सुदर्शन



गत महिना आफ्नो जन्मदिनको अवसर पारेर अभिनेत्री तथा समाचार वाचिका सुप्रिया कटुवालसँग औंठी साटेका निर्देशक सुदर्शन थापा शुक्रवार विवाह बन्धनमा बाँधिएका छन् । विहानको ११ गतेदेखि गैरीधारास्थित रोयल अम्पायर बुटिक होटलमा उनीहरुको विवाह समारोह चलिरहेको छ ।

स्वयम्बरपछि सुदर्शन र सुप्रियाले एकसाथ खिचेको तस्विर मिडियाहरुलाई प्राप्त भएको छ । जसमा उनीहरु दुलहा र दुलहीको पहिरनमा निकै खुसी मुद्रामा देखिएका छन् । विवाह समारोहमा दुई पक्षका परिवार र केही फिल्मकर्मीहरुको उपस्थिति रहेको छ ।

यो जोडीले शनिवार नक्सालको एक बुटिक होटलमा आफन्त, इष्टभित्र, साथीभाई र चलचित्रकर्मीका लागि प्रिति भोज राखेको छ । अभिनेता राज कटुवालको माध्यमबाट सुदर्शन र सुप्रियाको चिनजान भएको हो । एक वर्षअघि सुदर्शनको जन्मदिनमा उनीहरुबीच पहिलो पटक देखादेख भएको थियो ।

सुप्रिया लामो समयदेखि एपि वान टेलिभिजनमा समाचार वाचको रुपमा काम गर्दै आएकी छन् । उनले केही म्यूजिक भिडियोसँगै चलचित्र ‘साढे सात’ मा पनि अभिनय गरेकी छन् । सुदर्शनले ‘मेरो एउटा साथी छ’ चलचित्रबाट निर्देशकको रुपमा डेब्यू गरेका थिए । ‘प्रेमगीत’ उनको करिअरको उत्कृष्ट चलचित्र हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu