प्रजलिकाले सञ्चालनमा ल्याइन् ‘आर्ट अफ कफी एकेडेमी’



कलाकार प्रजलिका गिरीले ललितपुरको सातदोबाटोमा ‘आर्ट अफ कफी एकेडेमी’ सञ्चालनमा ल्याएकी छिन् । एकेडेमीको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालय सदस्य सन्तु दराई ‘प्रभाना’ ले संयुक्त रुपमा उद्घाटन गरे ।

दशैं, दिपावली, छठ र नेपाल सम्बतलगायतका पर्वहरुको उपलक्ष्यमा शुभकामना आदान-प्रदानसहित एकेडेमी शुभारम्भ गरिएको हो । सञ्चालिका प्रजलिकाले एकेडेमीमा कफी बनाउदा विभिन्न आकर्षक डिजाइन गर्ने खालका तालिम दिइने बताइन् ।

कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौला, निर्देशक हाङ चेम्जोङ, कलाकार रामेश्वर बुर्लाकोटी, विशाल लिम्बु, संगीतकार मनी ताम्लिङ, द्वन्द्व कलाकार संघका महासचिव पुन्य ओझालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu