हास्यकलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् । उनले सोमवार न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग सोमबार विवाह गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस र तस्वीर राख्दै गजुरेलले आफूहरु विवाह बन्धनमा बाँधिएको जानकारी दिएका हुन् ।

मनोज र मञ्जुले भक्तपुरको डोलेश्वर मन्दिरमा विवाह गरेका हुन् । परिवारको उपस्थितीमा उनीहरुले विहे कार्यक्रम सम्पन्न गरेका थिए । सामाजिक सञ्जालमार्फत गजुरेलले आफ्नो बारेमा काल्पनिक समाचार नलेखिदिन पनि सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् ।
मनोजको पहिलो विवाह चार वर्षअघि सम्बन्ध विच्छेदमा टुंगिएको थियो । पहिलो श्रीमती (मीना) का तर्फबाट मनोजका एक छोरा र एक छोरी छन् । दुवै सन्तान मनोजसँगै बस्दै आएका छन् । केही समय अगाडि उनले आफू दोस्रो विवाह गर्ने तयारमिा रहेको बताएका थिए ।




