आकाश र उमाले मिलेर ‘कृत-काब्या’ बनाउने



निर्देशक आकाश अधिकारी र निर्मात्री तथा अभिनेत्री उमा गिरीले पहिलो पटक चलचित्रमा सहकार्य गर्ने भएका छन् । दशैंको अवसर पारेर उनीहरुले संयुक्त रुपमा निर्माण गर्न लागेको चलचित्र ‘कृत-काब्या’ को घोषणाा गरिएको छ । प्रेमकथामा आधारित भएर निर्माण हुन लागेको चलचित्रलाई आकाश स्वयंले निर्देशन गर्नेछन् भने कथा पनि उनकै हो । दशैंपछि चलचित्रको सुटिङ सुरु हुनेछ ।

चलचित्रका लागि कलाकारको भने टुंगो लागिसकेको छैन । तर, उमाकी छोरी शिवानी मुख्य भूमिकामा देखिन सक्ने प्रवल सम्भावना छ । तर, चलचित्रमा शिवानीले अभिनय गर्ने टुंगो नभइसकेको उमाले बताएकी छन् । शिवानीले चलचित्र ‘कहिँ कतै’ बाट नायिकाको रुपमा डेब्यू गरेकी थिइन् । उमाका अनुसार, चलचित्रमा दुई जना टिनएजरको मुख्य भूमिका रहनेछ ।

आकाश र उमाको यसअघि ‘त्यो तिम्रो चोखो प्रेमको नजरमा’ गीतको म्यूजिक भिडियोमा सहकार्य भएको थियो । भिडियोलाई आकाशले निर्देशन गरेका थिए भने उनी स्वयंको अभिनय थियो । उनको जोडीको रुपमा उमा गिरी देखिएकी थिइन् । हिन्दी र नेपाली दुई भाषामा निर्माण हुन लागेको चलचित्रको छायांकन नेपाल र भारतको सिक्किममा गर्ने तयारीमा निर्माण टिम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu