सेलिब्रेटीको बाल्यकालको दशैं : दक्षिणा नै प्यारो



जब दशैंको रमझम सुरु हुन्छ तब सेलिब्रेटीहरुलाई पनि बाल्यकालको सम्झनाले रोमाञ्चक बनाउँछ । धेरै सेलिब्रेटीहरुको एउटै स्वर हुन्छ, ‘बाल्यकालको दशैं जति रमाइलो त अहिले कहाँ हुन्छ र ?’ हुनपनि त्यो उमेरमा न कुनै कुराको पिर हुन्थ्यो त भविष्यको नै कुनै चिन्ता । काँधमा जिम्मेवारी बढेपछि दशैंको महत्त्व पनि कम हुँदै जान्छ । यसैले त सबैलाई बाल्यकालको दशैं झलझल्ती याद आउँछ ।

सेलिब्रेटीहरुलाई पनि अहिलेको भन्दा बाल्यकालको दशैं नै रमाइलो लाग्छ । त्यसबेला दशैंको टीकाभन्दा दक्षिणा प्यारो हुने गरेको अभिनेत्री करिश्मा मानन्धर सम्झन्छिन् । बाल्यकालको प्रायः दशैं उनले मामाघरमा मनाएकी छन् । उनी दशैं आएपछि दक्षिणा पाउने कुराले फुरुंग हुन्थिन् । भान्जी भएकाले सबैले टीका लगाएर दक्षिणा दिँदा उनी कम्ता खुसी हुन्न थिइन् । उनलाई बाल्यकालको दशैंले अझै पनि लखेट्छ ।

नायक रमेश उप्रेती पनि बाल्यकालको दशैं अहिलेको भन्दा विशेष हुने गरेको सम्झन्छन् । उनी भन्छन्, ‘दशैंमा यस्तो लुगा लगाउने भनेर बुबा-आमासँग हाम्रो डिमाण्ड हुन्थ्यो । हरेक दिन जस्तो मासु खान पाइने, पिङ खेल्न पाइने, टिका लगाइसकेपछि आशिर्वादभन्दा पनि दक्षिणा निकै प्यारो हुन्थ्यो । पैसा पाउनकै लागि म धेरै आफन्तको घर जान्थें । यस्ता धेरै घट्नाहरु छन्, जसले बाल्यकालमा मनाएको दशैंको याद दिलाउँछ ।’

अभिनेत्री ऋचा शर्मालाई पनि बाल्यकालमा दक्षिणा नै प्यारो हुन्थ्यो । तर, अहिले उनी दक्षिणाभन्दा आर्शिवादको लोभी छिन् । उनलाई सानैमा बुबाले टीका लगाएर दक्षिणा स्वरुप ५ सय रुपैयाँ दिएको अझै पनि याद छ । किनकि, उनले बाल्यकालमा पाएकोमध्ये यो नै ठूलो रकम थियो ।

अहिलेका हटकेक अभिनेता प्रदीप खड्कालाई पनि बाल्यकालकै दशैं र दक्षिणाको खुब याद आउँछ । दशैंमा टीका थापिसकेपछि उनी कसको दक्षिणा धेरै भन्दै बहिनीसँग प्रतिस्पर्धा नै गर्थे रे । बहिनीभन्दा आफ्नो कम दक्षिणा भएपछि उनी निकै दुखी हुन्थे । बाल्यकालमा टीका लगाएर मामाबाट एक हजार रुपैयाँ दक्षिणा पाएको उनले अझै विर्सिएका छैनन् ।

निर्देशक तथा अभिनेता निश्चल बस्नेतलाई पनि बाल्यकालमा दक्षिणाकै लोभ हुन्थ्यो । उनी छोरीहरुलाई टन्नै पैसा दिएपनि आफूले नपाउँदा निकै दुखी हुन्थे । उनी सम्झन्छन्, ‘अरुले गोजीमा पैसा बोकेको देखेपछि मलाई मामाघर जाऔं जाऔं लाग्थ्यो । अनि टीकाकै दिन मामाघर हिँड्थेँ ।’

अभिनेत्री दीपिका प्रर्साइँलाई पनि बाल्यकालकै दशैं रमाइलो लाग्छ । दशैंमा ठूलाबडाले टिका लगाएपछि उनलाई दक्षिणाकै लोभ हुन्थ्यो । उनले बाल्यकालमा काका-कार्कीबाट बाल्यकालमा सबैभन्दा धेरै दक्षिणा पाएकी रहेछिन् । काका-कार्कीबाट आफूले २५ सय पाएको उनलाई ताजै सम्झना छ । तर, अहिले उनलाई आर्शिवादकै लोभ हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu