मुस्ताङबाट सुरु भयो ‘कबड्डी ४’ को छायांकन



सुपरहिट सिरिज ‘कबड्डी’ को चौथो श्रृंखलाको छायांकन सुरु भएको छ । शुक्रवार दिउँसोसम्म चलचित्रका कलाकार र प्राविधिकको टोली काठमाडौंबाट मुस्ताङ पुगेपछि सोही साँझ क्यामेरा ‘अन’ गरिएको हो । निर्देशक रामबाबु गुरुङले चलचित्रको सम्पूर्ण छायांकन मुस्ताङमा हुने जानकारी दिए । यसको अघिल्ला तीन सिरिजको छायांकन पनि यही क्षेत्रमा भएको थियो ।

‘कबड्डी ४ : द फाइनल म्याच’ मा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्दि तामाङ, मिरुना मगर, गौमाया यात्री, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा लगायतको अभिनय रहनेछ । गौमायाले यही चलचित्रबाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी हुन् । यसपटक चलचित्रमा ‘मैयाँ’ को भूमिकामा मिरुना मगर देखिनेछिन् । उनका लागि दयाहाङ र सौगातबीच घम्साघम्सी हुनेछ ।

बासुरी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रको कथा निर्देशक गरुङले लेखक उपेन्द्र सुब्बासँग मिलेर तयार पारेका हुन् । चलचित्रको निर्मातामा मणीराम पोखरेल, अर्जुन कार्की र ओमचन्द्र रौनियार रहेका छन् भने निमेश श्रेष्ठको सम्पादन, शैलेन्द्र डि. कार्कीको छायांकन र कालीप्रसाद बाँस्कोटाको संगीत रहनेछ । चलचित्रलाई आउँदो नयाँ वर्षमा प्रदर्शन गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu