पल शाह मेरो अभिभावक, कुनै अनैतिक सम्बन्ध छैन : समीक्षा अधिकारी



जिवन पराजुली।
अभिनेता पल शाहसँग नाम जोडेर मिडियाहरुमा विभिन्न खाले समाचार आउन थालेपछि गायिका समीक्षा अधिकारीले आइतवार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै आफूहरुबीच कुनै प्रकारको अनैतिक सम्बन्ध नरहेको स्पष्टिकरण दिएकी छन् । उनले पल शाहसँग जोडेर हुँदै नभएको कपोलकल्पित समाचारहरु मिडियामा आएकोमा आपत्ति जनाएकी छन् ।

उनले लेखेकी छन्, ‘समाचारमा मेरो र पलजीको सम्बन्धलाई तोडमोड गरेर तुच्छ प्रकारका कुराहरु मिडियामा आएका छन्, जसले मेरो चरित्र हत्या भएको छ । यसका साथै पलजीको करिअरमाथि आँच आउने किसिमले सस्तो प्रचार बाजी गरिएको छ । यसो नगर्न अनुरोध गर्दछु । विना स्रोत अफवाहमा लेखिएका समाचारले हामीलाई सामाजिक र चारित्रिक रुपमा असर पुर्‍याएको छ ।’

गायिका अधिकारीले एउटै इन्डस्ट्रीमा भएकोले पल शाहले आफूलाई अभिभावकको रुपमा माया गर्ने गरेको उल्लेख गरेकी छन् । उनले आफूहरुबीच कुनै प्रकारको अनैतिक सम्बन्ध नरहेको र आफूहरु केवल साथमा काम मात्र गरिरहेको बताएकी छन् । उनले आफूहरुको बारेमा मिडियामा आएका झुटा समाचारप्रति घोर निन्दा गर्दै यसको पछाडि नलाग्न फ्यानहरुलाई आग्रह गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu