झुटा समाचारहरुले दु:खी बनाएको छ : पल शाह



केही दिनयता नेपालका सञ्चारमाध्यममा चर्चित नायक पल शाह र गायिका समीक्षा अधिकारीको सम्बन्धलाई लिएर विभिन्न प्रकारका समाचारहरु बनिरहेका छन् । आइतवार समीक्षाले यो विषयमा स्पष्टिकरण दिइसकेकी छन् भने सोमवार पल शाहले पनि समीक्षासँगको मित्रता र सहकार्यलाई तनाथाम शिर्षक दिएर गलत समाचार बनेकोप्रति आपत्ति जनाएका छन् ।

समिक्षा अधिकारीसँग सांगीतिक सहकार्य मात्र रहेको उल्लेख गर्दै पलले लेखेका छन्, ‘जुनसुकै क्षेत्रमा काम गर्दा पनि केही व्यक्ति र समूह कहिँ न कहिँ कुनै न कुनै प्रकारले नजिक हुने गर्छ । मेरो पेशा र विधाका कारण म धेरै मान्छेहरुसँग सहकार्य गर्नुपर्ने हुन्छ र मसँग जोडिनु हुने मेरा अग्रज, अनुज र सहकर्मीहरुमाझ मैले सदैव आफूलाई सहज र सहयोगी तवरले प्रस्तुत गरिरहेको हुन्छु ।’

पल शाह अगाडि लेख्छन्, ‘हुँदै नभएका, गर्दै नगरिएका, विना आधारका कुराहरुलाई गसिप बनाएर एउटा कलाकार र उसको व्यक्तिगत जीवनमाथी आँच आउने किसिमले लेखिएका झुटा समाचारहरुले मलाई अत्यन्तै दु:खी बनाएको छ । यसरी कसैको व्यक्तिगत प्रतिष्ठा र चरित्र हत्या हुने गरि बदनाम गर्ने गरि समाचार नबनाउनुहुन मिडियाकर्मी ज्युहरुलाई हार्दिक अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu