‘काँडेतार’ मा भित्रिइन् सुरविना



अभिनेत्री सुरविना कार्कीको हातमा पाँच वर्षपछि नयाँ चलचित्र परेको छ । सोमवार उनी नवल खड्काले बनाउन लागेको चलचित्र ‘काँडेतार’ मा अनुबन्ध भएकी हुन् । राष्ट्र र राष्ट्रियताको विषयमा निर्माण हुन लागेको चलचित्रमा आफू आबद्ध हुन पाएकोमा सुरविनाले खुसी व्यक्त गरेकी छन् । उनीभन्दा अगाडि यो चलचित्रमा नायक गौरव पहारी र नायिका रेविका गुरुङ अनुबन्ध भइसकेका छन् ।

सुरविनाले चलचित्र ‘झेली’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी हुन् । त्यसयता उनले आधा दर्जन फिल्ममा अभिनय गरे पनि करिअरले गति समात्न सकेको छैन । पहिलो लकडाउनमा अभिनय गरेको ‘के माया लाग्छ र ?’ गीतले उनलाई एकाएक चर्चामा ल्याएको थियो । यो गीतबाट उनी दर्शकमाझ धेरथोर चिनिएकी छन् । तर, उनको हातमा पाँच वर्षदेखि चलचित्र थिएन ।

तिहारपछि छायांकनमा निस्कने चलचित्रले नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने विषय उठाउने निर्देशक खड्काले जानकारी दिए । चलचित्रले राष्ट्रलाई झकझकाउने पनि उनको विश्वास छ । नेपाल र भारत सीमामा खिचिने यस चलचित्रलाई नवल र शंकर कार्कीले निर्देशन गर्नेछन् । नवलले यसअघि पनि राष्ट्रियताको विषयमा ‘आवाज, दशगजा’ जस्ता चलचित्र बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu