आयुषाले जितिन् ‘मिस टुरिजम नेपाल’ को ताज



पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यसहित साहारा ईन्टरटेन्मेन्टको आयोजना गरिएको ‘मार्सी वियर मिस टुरिजम ब्युटी अफ नेपाल २०२१’ मा आयुषा बस्नेतले विजेताको ताज जित्न सफल भएकी छन् । उनले बिजेताको ताजसहित १ लाख नगद प्राप्त गरेकी छन् । त्यस्तै, फिनालेबाट फर्स्ट रनरअप भावना खनाल र सेकेन्ड रनरअप सबिना पोदार बन्न सफल भएकी छन् । यी दुईले क्रमशः ७५ हजार र ५० हजार नगद पुरस्कार प्राप्त गरे ।

बिजेता तथा उप-बिजेताहरु सबैले गीता एभिएसनबाट एयर होस्टेजको निःशुल्क तालिम समेत प्राप्त गरेका छन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा गीता एभिएसनका प्रबन्ध निर्देशक तथा सौर्य एयरलाइन्सका क्याप्टेन जनक अधिकारी रहेका थिए । यो प्याजेन्टको ग्रान्ड फिनालेमा १५ जना प्रतिष्पर्धी अन्तिम प्रतिष्पर्धामा थिए । यस्तै, प्रतियोगितामा सब टाईटलहरु पनि वितरण गरिएको थियो । जसअन्तर्गत सोफ्टी मिस ट्यालेन्ट बिन्जु राजधामी, गीता एभिएसन मिस फोटोजेनिक निकिता धमलाले हात पारिन् ।

त्यसैगरि, मार्सी मिस क्विन अफ पिपुल च्वाइस, रैन्किड मिस फ्रेन्ड्सिप र ईडन मिस बेस्ट क्याटवाकको सब टाईटल त्रीसा लिम्बुले हात पार्दा सुप्रीया राईले मेटस मिस लेडि अफ ब्रीलियन्सी, निलम श्रेष्ठले बराह मिस चार्मिङ, एलिना राईले सौर्य मिस पर्सनालिटी र तेजमाया तामाङले अजोड मिस ग्यालमरस लुकको अवार्ड हात पारे ।

१५ प्रतिष्पर्धीबाट उत्कृष्ट १० हुँदै उत्कृष्ट ५ बाट बिजेता छनौट गरिएको हो । ‘मिस टुरिजम’ लाई यसपटक अझै ब्यवस्थित र बृहत बनाउनमा कुनै कसुर बाँकी नराखेको यसका ब्यवस्थापक सौगात रिजालले बताए । बिगतका संस्करणमा बिजेताहरुले टुरिजमलाई टेवा पुर्‍याउने उदाहरणीय कार्यहरु गरेको र यसपटकका बिजेताहरुलाई पनि पर्यटन प्रबर्द्धनका लागि सक्रिय बनाउने योजना कम्पनीको रहेको रिजालले जानकारी गराए ।

फाईनल निर्णायकको रुपमा अरुण प्रधान, नवीन मेन्याङ्बो, चन्द्रीका मोते नेहा बजाज, डा.एनएल राजबन्शी, डोरेन्द्र लाल दाहाल, पवन अधिकारी, सुरेश राई रहेका थिए भने प्रमुख निर्णायकमा क्याप्टेन अनुप थापा रहेका थिए । प्रतिष्पर्धीहरुलाई विभिन्न तालिमहरु गराईएको थियो भने मिस लुमियर इन्टरनेसनल वर्ल्डमा मिस ग्ल्यामर अवार्ड जित्न सफल भएकी तथा मिस पुर्वान्चल २०१७ कि फर्स्ट रनरअप सिम्रन श्रेष्ठले कोरियोग्राफी गराएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu