अभिनेता आर्यन सिग्देलले आजसम्म आफूले कुनै चलचित्रमा नायिका सिफारिस नगरेको दाबी गरेका छन् । हालै एक कार्यक्रममा उनले भने- ‘मैले आजसम्म चलचित्रमा को नायिका छ भनेर सोध्ने काम पनि गरिनँ । मैले यो कुरामा कहिल्यै दबाब दिने काम गरिनँ र कलाकारले यो गर्नु पनि हुँदैन । म पनि पहिलो प्रोजेक्ट गर्दा नयाँ नै थिएँ । जो पनि पहिला त नयाँ नै हुने हो । त्यसैले सबैलाई अवसर दिनुपर्छ जस्तो मलाई लाग्छ ।’

कुनै समय महंगा अभिनेताको रुपमा चिनिने आर्यनले पछिल्लो समय मुनाफाको हिस्सेदारी लिने सर्तमा आफूले चलचित्रमा काम गरिरहेको बताएका छन् । उनले अगाडि भने- ‘मैले मुनाफाको केही प्रतिशत लिने सर्तमा धेरै चलचित्र गरेको छु । पछिल्लो समय मैले यसरी नै चलचित्रमा काम गरिरहेको छु । चलचित्र नाफामा गए ठिक छ नभए निर्माता मात्र किन डुब्ने ? म पनि तयार छु ।’
कोरोना महामारीका कारण चलचित्र निर्माण ठप्प हुँदा म्यूजिक भिडियोलाई समय दिइरहेका आर्यन चलचित्र र म्यूजिक भिडियोलाई आफूले फरक गरेर नहेरेको र यसरी छुट्याए काम राम्रोे ननिस्कने बताउँछन् । आफूलाई क्यामेरा र क्रियूसँग प्यासन भएकाले कोरोना महामारीको समयमा म्यूजिक भिडियोमा अभिनय गरेर आफूलाई व्यस्त बनाउन पाउँदा सन्तुष्टि मिलेको उनले बताए ।