राजेश हमालले गाए ‘मन बुढो भएन’



चर्चित नायक राजेश हमाल गायक बनेका छन् । उनले पहिलो पटक आफ्नो अवाजमा गीत रेकर्ड गराएका छन् । अनामनगरस्थित वेभ स्टुडियोमा रेकर्ड गरिएको ‘मन बुढो भएन’ बोलको गीतमा उनले स्वर भरेका हुन् । दीपक शर्माको शब्द तथा संगीत र नरेन्द्र वियोगीको एरेन्ज रहेको छ । गीतमा हमाललाई एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलले गायनमा साथ दिएका छन् ।

राजेश हमालले आफूलाई सहज हुने र उमेर सुहाउँदो गीत गाउने इच्छा व्यक्त गरेपछि गीतकार शर्माले त्यसै अनुरुप गीतका शब्द तयार पारेका थिए । निर्देशक देवेन्द्र पाण्डेको मार्फत् उनले एक भेटमा आफूले तयार पारेको गीत हमाललाई सुनाए । उनले गीत सुन्न साथ मन पराए । यसपछि संगीतकार शर्मासँँग दुईपटक बसेर अभ्यास गरेपछि उनले स्ट्रडियोमा गीत रेकर्ड गराएका हुन् ।

राजेश हमालको आवाजमा रेकर्ड भएको गीतलाई भिडियो निर्माण गर्ने तयारी गरिएको छ । जसलाई देवेन्द्र पाण्डेले निर्देशन गर्नेछन् । उक्त गीतको भिडियो तिहारभन्दा अगाडि नै सार्वजनिक हुने बताइएको छ । भिडियोमा राजेश हमालसँगै रेश्मा घिमिरे लगायतका कलाकारको अभिनय रहनेछ । राजेश हमालले आफूले सोचेको भन्दा राम्रो गीत गाएको संगीतकार शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu