कीर्तिपुरमा खुल्यो ‘कीर्तिपुर सिनेप्लेक्स’



जिवन पराजुली।
शुक्रवारबाट काठमाडौंंस्थित कीर्तिपुरको पागामा सुविधा सम्पन्न नयाँ सिनेमा हल सञ्चालनमा आएको छ । ‘लुट’ निर्माता नरेन्द्र महर्जन र उनको टिमले ठूलो लागतमा निर्माण गरेको ‘कीर्तिपुर सिनेप्लेक्स’ को शुक्रवार औपचारिक रुपमा उद्घाटन गरियो । अहिले यो हलमा एउटा मात्र पर्दा छ । केही महिनामा अर्को पर्दा पनि तयार हुने सञ्चालक महर्जनले जानकारी दिए ।

नेपाली भाषाको चलचित्र ‘हिसिमति’ र हलिउड चलचित्र ‘भेनम’ प्रदर्शन गर्दै सञ्चालनमा आएको हलमा अर्को हप्ता बलिउड चलचित्र ‘सूर्यवंशी’ रिलिज हुनेछ । उच्च प्रविधि प्रयोग गरेर खोलिएको हलमा एकसाथ २ सय ८५ जना दर्शकले चलचित्र हेर्न सक्नेछन् । कीर्तिपुरमा पहिलो पटक सिनेमा हलल खुलेको हो । यसले चलचित्र हेर्न रुचाउने दर्शकलाई आकर्षित गर्ने विश्वास लिइएको छ ।

‘कीर्तिपुर सिनेप्लेक्स’ को उद्घाटन कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, कलाकारहरु दीपकराज गिरी, स्वस्तिमा खड्का, निर्माता छविराज ओझा, निर्देशक निश्चल बस्नेत, दीपाश्री निरौला, शोभित बस्नेत लगायतको उपस्थिति रहेको थियो । उनीहरुले यस्तो विषम परिस्थिति पनि नयाँ हल सञ्चालनमा आउनु चलचित्र क्षेत्रका लागि अत्यन्त सुखद कुरा रहेको बताए ।

यो हलमा दैनिक ४ शोज चलचित्र रिलिज हुनेछ । बिहान ९ बजे, मध्यान्न १२ बजे, दिउँसो २ बजे र बेलुकी ६ बजे चलचित्र रिलिज हुने सञ्चालक महर्जनको भनाई छ । उनी हेटौंडामा रहेको ओम्याक्स हल र सर्लाहीको लालबन्दीस्थित विणा चलचित्र मन्दिरका पनि सञ्चालक हुन् । विगत दुई दशकभन्दा लामो समयदेखि उनी चलचित्र निर्माण, प्रदर्शन र वितरणमा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu