‘हर्के हल्दार’ मा फर्किए किशोर र रेश्मा



हाँस्य कलाकार किशोर भण्डारी ‘डिट्ठा साब’ ११ वर्षपछि पुनः ‘हर्के हल्दार’ मा पुरानै चरित्र र जिम्मेवारी लिएर फर्केका छन् । उनीसँगै उनको जोडी रेश्मा तिमल्सिना ‘बुनु मैचा’ पनि उक्त सिरियलमा फर्केकी छिन् । ७७ भागसम्म ‘हर्के हल्दार’ मा रहेर बाहिरिएका डिट्ठा र बुनु मैचा ५२१ भागमा पुनः समेटिएका हुन् ।

‘हर्के हल्दार’ टिममा पहिलाको जस्तो चलखेल, आफ्ना मान्छेलाई माथी पुर्‍याउने, कथा र सिरियलको मर्म नै मार्ने, खुराफाती सोचका सदस्यहरु नभएको र आफ्नो कला मिहिनेतको सहि मुल्याकन हुने पक्का भएर फर्केको किसोर बताए ।

‘हर्के’ का प्रमुख पात्र बिष्णु सापकोटा सुरुको बेलाका सदस्यहरु टिममा भित्राउन पाउँदा ‘हर्के हल्दार’ को प्रस्तुती अझै उच्च कोटीको हुनेमा बिश्वस्त रहेका छन् । ‘हर्के’ मा ‘बाटुली’ रोशनी सापकोटाको पनि पुनःप्रवेश भएको छ । अन्य कलाकारहरुमा सुरेन्द्र के.सी. (मुला साग), बिनोद परियार, शुसिला निरौला (बिमली), शिबहरी बैरागी, ईन्द्र व्दोङ (खम्बे), शान्ती बस्नेत, सरु दाहाल, बिन्दा दुलाल, राजेन्द्र गिरी, सागर गीरी छन् ।

प्रवेश पोखरेलको छायाङ्कन, सञ्जय लामाको श्रृङ्गार, राजको सम्पादन, निर्देशन सहयोगी भद्र भुजेलको रहेको ‘हर्के’ को निर्देशन इन्द्र व्दोङ लामा ‘खम्बे’ को रहेको छ । ‘हर्के हल्दार’ कान्तीपुर टेलिभिजनामा हरेक आईतबार राती ९ बजे प्रसारण हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu