दीपकराजलाई निश्चलको निर्देशनमा काम गर्ने इच्छा



कलाकार तथा निर्माता दीपकराज गिरीले आफूलाई निर्देशक निश्चल बस्नेतको निर्देशनमा काम गर्ने इच्छा रहेको बताएका छन् । एक कार्यक्रममा निश्चलसँग एकसाथ अन्तर्वार्ता दिने क्रममा उनले भने, ‘कलाकार भएपछि राम्रो निर्देशकसँग काम गर्ने इच्छा हुन्छ नै । निश्चल मात्र होइन राम्रो चलचित्र बनाउने सबै निर्देशकसँग चलचित्रमा काम गर्ने इच्छा छ । म निश्चलका चलचित्रको त ठूलो फ्यान हुँ ।’

उनी निश्चल बस्नेत निर्देशित चलचित्र ‘लुट’ ले नेपालको चलचित्र इन्डस्ट्रीलाई नै ‘यूटर्न’ गरेको बताउँछन् । उनी अगाडि भन्छन्, ‘लुट’ नआएको भए ‘छक्का पञ्जा’ पनि नआउन सक्थ्यो । ‘लुट’ नआएको भए नेपाली चलचित्रको परम्परागत कथावाचन शैली यति छिटो परिवर्तन नहुन सक्थ्यो । यसको ब्रेकथ्रू थियो ‘लुट’ । चलचित्रको हिरो कथा हुन्छ भन्ने सुरुवात यसैबाट भएको हो ।’

चलचित्रमा सहकार्य गर्ने विषयमा पनि निश्चलसँग कुराकानी भइरहेको उनले बताए । तर, अहिले नै ‘हामीहरु एकसाथ चलचित्र गर्दैछौं’ भनेर भनिहाल्न चाहिँ धेरै नै चाँडो हुने उनको भनाई छ । चलचित्रका लागि एकदमै होमवर्कको आवश्यकता पर्ने भएकाले ढिलो चाँडो आफूहरुबीच सहकार्य हुनेमा उनी विश्वस्त छन् । २/३ पटक निश्चलसँग चलचित्रको बारेमा कुराकानी भएको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu